अघिल्लो गठबन्धनमा नियुक्त भएका ११ देशका राजदुतलाई फिर्ता बोलाउने सरकारको निर्णय

बिहीबार, जेठ २४, २०८१
Honor 600 pro

काठमाडौं । यसअघिको नेपाली कांग्रेससँगको  सत्तागठबन्धनमा नियुक्त भएका ११ देशका राजदुतहरुलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, बेलायत, इजरायल, भारत, डेनमार्क, पोर्चुगल, स्पेन, दक्षिण कोरिया, कतार, मलेसिया, साउदी अरेबियाका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

अहिलेको सत्ता गठबन्धनले पुरानो सत्ता गठबन्धनको भागमा नियुक्त भएका राजदुतलाई फिर्ता ल्याउने निर्णय गरेको हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्