नेकपा एमाले सुनसरीका अध्यक्ष खनालको निधन

बिहीबार, जेठ २४, २०८१
Honor 600 pro

सुनसरी । नेकपा एमाले सुनसरी अध्यक्ष एवं बराहक्षेत्र नगरपालिकाका पूर्व मेयर निलम खनालको निधन भएको छ। अध्यक्ष खनालको उपचारका लागि भारतको हैदरावाद जाँदै गर्दा  निधन भएको हो ।

लामो समयसम्म पेट सम्बन्धि रोगबाट ग्रसित अध्यक्ष खनाल यसअगाडि पनि हैदरवादमा उपचार गरेर फर्किएका थिए। बुधबार राति हैदरावाद फलोअपका लागि जाने क्रममा बाटोमै उनको निधन भएको एमाले सुनसरीले जनाएको छ।

परिवारका सदस्यहरु श्रीमती, दाजु-भाउजुसँगै अध्यक्ष खनाल हैदरावाद गएका थिए। खनाल जेठको पहिलो हप्ता सम्पन्न भएको एमाले सुनसरी अधिवेशनमा अध्यक्षमा निर्वाचित भएका थिए।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्