सन्दीप लामिछानेको भिसाका लागि सरकार नै गम्भीर भएन: कांग्रेस

बिहीबार, जेठ २४, २०८१
honor mob  winter sales

काठमाडौं । क्रिकेटर तथा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसाका लागि सरकारले उचित रुपले पहल नगरेको आरोप लगाएको छ।

Honor x7 pad

आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले सन्दीपको भिसाका सवालमा सरकार नै उचित पहल नगरेको बताएका  हुन् ।

आज सन्दीप टी-२० विश्वकप खेल नपाएको सरकारकै कमजोरीपना कारण भएको शर्माले बताए। 'विगतमा आरोप झेलिरहेको अवस्थामा खेल्न नहुने भनिएपनी अहिले अदालतबाट नै सफाइ पाएर निर्दोष भइसकेको अवस्थामा सन्दीप विश्वकप खेल नपाउनुको मुख्य कारण सरकार गैरजिम्मेवार भएर हो।' महामन्त्री शर्माले भने।

महामन्त्री शर्माले भने-" विश्वकप खेल्नका लागि सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै सिङ्गो सरकारले गम्भीर भएर पहल नगर्नु अति दु:खद कुरा हो।"

अदालतबाट सफाइ पाइसकेको अवस्थामा एउटा राष्ट्रिय खेलाडीलाई भिसा नदिनुको कारण अमेरिकी राज दूतावाससँग स्पष्टीकरण खोज्नुपर्ने परराष्ट्र मन्त्रालयले हो, तर यसो गरिएन शर्माले भने। 'अझै सबैभन्दा कमजोर कहाँ भयो? के-के कारणले भिसा दिएन? यसबारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउछु।' महामन्त्री शर्माले भने।

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्