बालयौन दुर्व्यवहार आरोपमा अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर शिवाकोटी पक्राउ

बिहीबार, जेठ २४, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर) बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो। इन्स्पेक्टर शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भमा राखिएको छ।

उनलाई बालयौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। इन्स्पेक्टर शिवाकोटी प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघिमात्रै अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका थिए ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्