विस्फोट पदार्थ बोकेर जाँदै गरेका दुई युवक पक्राउ

बुधबार, जेठ २३, २०८१
honor mob  winter sales

संखुवासभा । प्रहरीले दुई जना युवकलाई विस्फोट पदार्थ लिएर जाँदै गरेको अवस्थामा पक्राउ गरेको छ। 

Honor x7 pad

संखुवासभा प्रहरीले विस्फोट पदार्थ लिएर जाँदै गरेको अवस्थामा खाँदवारी नगरपालिका-९ तुम्लिङटारका २७ वर्षीय वसन्त कुलाल र सोही स्थानकै २७ वर्षकै विकास कुमाललाई आज पक्राउ गरेको जनाएको छ।

उनीहरु दुबै को१७प ११८७ नम्बरको मोटरसाइकल जिल्लाको लेगुवातर्फ जाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा विस्फोट पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी संखुवासभाले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट डेटोनेटर, इमल्सन एक्स्प्लोसिभ लेखिएको विस्फोट पदार्थ २ सय ग्राम, निओजोल र कालो बारुद बरामद गरेको जनाएको छ।

संखुवासभा प्रहरीले उनीहरुविरुद्ध विस्फोट पदार्थ सम्बन्धि कसुरमा थप अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत संखुवासभाबाट ५ दिनको म्याद लिएको जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्