१६ सयलाई जन्मको आधारमा वंशज नागरिकता

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

नेपालगञ्ज । बाँकेमा करिब एक महिनाको अवधिमा जन्मको आधारमा १६ सय जनालाई वंशज नागरिकता वितरण गरिएको छ ।

Honor x7 pad

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका १ हजार ६ सय जना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिसकिएको बताए ।

उनले जन्मको आधारमा नागरिकता लिएकाहरूको छोराछोरीलाई वंशजको नागरिकता वितरण सुरु गरिएपछि सेवाग्राहीको अत्यधिक भीड लाग्दा एक दिनमा एक सय जनालाई मात्र टोकन वितरण गरेर नागरिकताको कागजपत्र जम्मा गर्न थालेको जानकारी दिए ।

सुरुमा नागरिकता लिनेको भीड धेरै देखिए पनि टोकन प्रणाली सुरु भएसँगै बिस्तारै भीड घट्दै गएको र दैनिक एक सय जनालाई टोकन वितरण गरिएकोमा नागरिकता लिन आउने दैनिक ७० जनाको हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जन्मको आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई गत असार १० गतेबाट वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्