मलामी बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु,३३ जना घाइते

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

अछाम । मलामी बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका छन् । 

Honor x7 pad

अछामको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३३ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पञ्चदेवल विनायक –६ का २४ वर्षीय दीर्घ बिक रहेका छन्। 

घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो। दुर्घटना बारे प्रहरी थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्