लुम्बिनीबाट निर्वाचित राप्रपा सांसद जानकीप्रसाद यादवको निलम्बन फुकुवा

मंगलबार, जेठ २२, २०८१
Honor 600 pro

दाङ । निलम्बनमा परेका लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ।

सार्वजनिक सम्पत्ति वन पैदावारमा भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पश्चात् प्रदेश सभाले गत फागुन ११ गते निलम्बन गरेको थियो।

उक्त मुद्दामा विशेष अदालतले जेठ ९ गते  कपिलवस्तु ३ (ख) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का सांसद यादवले सफाइ पाएपछि प्रदेश सभाको चौथो अधिवेशनको ११ औं बैठकबाट सभामुख तुलाराम घर्ती मगरले निलम्बन फुकुवा गरेका हुन्।

विशेष अदालतले सांसद यादवलाई सफाइ दिएको पत्र प्रदेश सभामा पुगेपछि सभामुख घर्ती मगरले निलम्बन फुकुवा गरेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ। निलम्बन फुकुवासँगै अब लुम्बिनी प्रदेश सभामा यादवसहित ४ जना राप्रपाका सांसद छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्