पर्यटन मन्त्री बन्दै रन्जिता श्रेष्ठ

सोमबार, जेठ २१, २०८१
Honor 600 pro

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठ पनि मन्त्री बन्ने संकेत देखिएको छ।

रन्जितालाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका हुन् ।

रन्जितालाई प्रधानमन्त्री प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी दिने वचन दिएको नाउपा श्रोतले बतायो। प्रधानमन्त्रीले आफ्नै पार्टीबाट पर्यटन मन्त्री रहेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी गरेको श्रोतले बताएको छ।

रन्जिताले नाउपाका कैलालीका सांसद अरुण चौधरीलाई मन्त्री बनाउने बताएपनी आफै मन्त्री हुन लागेकी हुन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्