फिल्म निर्देशक सुदर्शन थापा काठमाडौंबाट पक्राउ

सोमबार, जेठ २१, २०८१
Honor 600 pro

काठमाडौं । नेपाली फिल्मका निर्देशक सुदर्शन थापालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

निर्देशक थापालाई आज काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरी वृत्त बौद्धमा थापाविरुद्ध ठगी, अपरधिक विश्वासघात तथा अन्य मुद्दामा जाहेरी परेको थियो।जाहेरी पश्चात् फरार रहेका थापाविरुद्ध  पक्राउ पुर्जी जारी भएतापनि उनी फरार रहदै आएका थिए ।

तर आज प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्