तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार

सोमबार, जेठ २१, २०८१
Honor 600 pro

दाङ । दाङको तुलसीपुरमा एक जना युवकमाथि खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका - ९ (मासु मन्डीदेखि पूर्व पातुखोला पारी) घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि एक समूहले  खुकुरी प्रहार गरेको हो। 

खुकुरी प्रहारबाट उनको खुट्टामा गम्भीर चोट लागेको छ। दुबै खुट्टामा घुँडादेखि मुनी खुकुरी प्रहार भएपनि एउटा खुट्टामा गहिरो चोट रहेको घटना पछि उनको उद्धारमा संलग्न एक प्रत्यक्षदर्सीले बताए ।

शरीरको अन्य भागमा पनि खुकरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार नेपाली माथि युवाहरुको एक समुहले तुलसीपुर – १७ मानपुर क्षेत्रमा बेलुका ६ बजेतिर खुकुरी प्रहार गरेको फरककोणलाई बताए । तुलसीपुर बाट संगै गएका उनकै साथीहरुले नै बिजौरी हुँदै मानपुर पु¥याएर खुकुरी प्रहार गरेको हुँदा घटना पूर्व रिसिबीका कारण भएको हुन सक्ने प्रहरीको आशंका छ।

नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भएको आशंकामा तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुरकै तर ठेगाना नखुलेका सञ्तोष हमाललाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको डिएसपी पोख्रेलले बताए ।

प्रहरी नियन्त्रणमा रहेका मध्य सुरज वलीलाई खुट्टामा चोट रहेको हुँदा प्रहरीले उपचारका लागि अस्पताल पु¥याएको छ । मोटरसाइकल ठोक्किएर उनको खुट्टामा चोट लाग्न पुगेको भन्ने कुरा घाइतेले गरेको डिएसपी पोख्रेलले फरककोणलाई जानकारी दिए ।

नेपालीमाथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका अर्का एक जना युवक भने फरार रहेको प्रहरी बताउँछ ।डीएसपी पोख्रेलका अनुसार दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले बताएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्