मापसे कारबाहीमा परेका चालकलाई सडकमा नखटाउन सर्वोच्चको आदेश

आइतबार, जेठ २०, २०८१
Honor 600 pro

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मापसे कारबाहीमा परेकालाई सडकमा ट्राफिक स्वयंसेवक बनाउने निर्णयलाई सर्वोच्च अदालतले पुर्णविराम लगाएको छ।

आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले  गृहमन्त्री लामिछानेको दिएको आदेशको कार्यान्वयन नगर्न आदेश दिदै मापसे कारबाहीमा परेकालाई सडकमा नखटाउन अन्तरिम आदेश दिएको हो।

गणतन्त्र दिवसका दिन एउटा राम्रो कार्यको सुरुवात गरौ भन्दै महिला ट्राफिक प्रहरीलाई महिनावारीमा ४ दिन बिदा दिएर मापसे गरेर कारबाहीमा परेका चालकलाई सडक खटाउन भन्दै ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए।

उक्त आदेशको कार्यान्वयन गर्दै ट्राफिक प्रहरीले मापसे गरेका चालकलाई बुधबारबाट सडकमा खटाउन सुरु गरेको थियो। ट्राफिकले गरेको त्यो कार्यको चौतर्फी विरोध भइरहेको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्