'मापसे कारबाहीमा परेकालाई सडकमा उभ्याउने गृहमन्त्रीको हुकुमी शासनको झल्को आयो'

आइतबार, जेठ २०, २०८१
Honor 600 pro

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको गरेको एकल निर्णयको संसद बैठकमै आलोचना भएको छ।

गृहमन्त्री रविले मापसे कारबाहीमा परेकालाई सडक व्यवस्थापनमा पठाएको भन्दै आजको संसद बैंककमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाउँदै आलोचना गरेका हुन् । 

संसद बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले एकल हुकुमी शासन गर्न सुरु गरेको आरोप लगाउदै मापसे कारबाहीमा परेकालाई सडक व्यवस्थापनमा लगाउने कार्य बन्द गर्न भनेका हुन् ।

मापसे गरेकाले पहेलो ज्याकेट लगाएर सडक व्यवस्थापनमा लाग्दा मुलुकमा गतिलो सन्देश नजाने र मापसे गरेका इज्जत समेत जाने र गोपनियतताको हनन हुने हुँदा यो कार्य तत्काल बन्द गर्न सांसद खतिवडाले चेतावनी दिएका छन् ।

त्यस्तै गृहमन्त्रीले महिनावारी भएका महिला ट्राफिकलाई ४ दिन बिदा दिने निर्णय राम्रो भएपनि यसलाई कानुन बनाएर कार्यान्वयन गर्न सुझाब दिएका थिए।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्