लघुवित्तीय संस्थाविरुद्द काठमाडौंमा प्रदर्शन

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

काठमाडौं । वित्तीय दलाललाई कारबाहीको माग गर्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले काठमाडौंमा प्रदर्शन गरेको छ।

Honor x7 pad

आज  संघर्ष समिति विभिन्न माग राख्दै विरोध जुलुससहित सिंहदरबार घेराउ कार्यक्रम  समेत गरेको छ ।

उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए। 

भद्रकाली पुगेर उनीहरूले कोणसभा समेत गरेका छन्। उनीहरूले वित्तीय दलाललाई कारबाही गर, लघुवित्त संस्था खारेज गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका कागज बोकेका थिए। 

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्