बन मन्त्रालय मातहतका ८ सहसचिवको सरुवा

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

काठमाडौं । आठ जना सहसचिवहरुलाई वन तथा वातावरण मन्त्रालयले सरुवा गरेको छ। 

Honor x7 pad

मन्त्रालय मातहतका आठ सहसचिवहरु मध्ये वन तथा भूसंरक्षण विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले अनिवार्य अवकाश लिएपछि रिक्त रहेको महानिर्देशकमा शिवकुमार वाग्लेको सरुवा गरिएको छ।

यसअघि वाग्ले मन्त्रालयमा योजना अनुगमन तथा समन्वय महाशाखा थिए।

विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखका रुपमा सरुवा गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे-तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा.सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । 

निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ ।

चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्