मुगुमा दुई सातादेखि विद्युत आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

मुगु। दुई सातादेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा मुगुको जनजीवन नै प्रभावित बनेको छ ।

Honor x7 pad

विद्युत सेवा अवरुद्ध बन्दा  मुगुको छायाँनाथ रारा नगरपालिकाका स्थानीय बासिन्दा लगायत त्यहाका सबै सरकारी एबम गैरसरकारी कार्यालयहरु दैनिक कामकाज गर्नबाट  प्रभावित बनेका छन् ।

विद्युत प्राधिकरणका अनुसार  गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा गत असार २७ गतेदेखि समस्या आएपछि  विद्युत् आपूर्ति सेवा बन्द भएको हो। 

विद्युत आपूर्ति बन्द हुँदा मुगुको गमगढीसहित त्यहाका  ८७ बस्ती अन्धकारमा परेका  छन् ।

विद्युत आपूर्ति बन्द भएपछि सबैभन्दा बढी सरकारी कार्यालय र बैंकहरुको सेवामा बाधा पुग्नुका साथै मुगुका ३ हजार १ सय घरधुरी  प्रत्यक्ष मारमा परेका छन् । 

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्