कोशी सरकार विवादको सुनुवाइ स्थगित

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

काठमाडौं।  कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिटको आज सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ।   

Honor x7 pad

सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा हुने भनिएको पेशी हेर्न नभ्याइने भन्दै स्थगित गरि अर्को दिनलाई सारिएको  हो।

कोशी सरकारका मुख्यमन्त्री पक्षका अधिवक्ताहरुले बहस गर्ने धेरै भएकाले अर्को दिनलाई पेशी सार्न भन्दै आजको सुनुवाइ स्थगित गरिएको हो।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।‌ जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

त्यसअघि बैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाउने आदेश भएको थियो। 

निर्वतमान मुख्यमन्त्री केदार कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत प्राप्त गरेका थिए । कार्कीले दुई वर्षभित्र पुनः विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन् ।केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएसँगै ५२ सांसदको समर्थनमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्