बाराबाट १३ लाख बढी नक्कली नोटसहित ४ जना पक्राउ

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

वारा। बारा जिल्लाबाट प्रहरीले १३ लाख बढी नक्कली नेपाली नोटसहित एक भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

विशेष सूचना पाएर गएको जिल्ला प्रहरी बाराको टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित सानो बसबरियाबाट १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको थाना झरौखेरका ४० वर्षीय  मोहम्मद आलम, रौतहटस्थित राजपुर नगरपालिका वडा नम्बर १ का १९ वर्षीय मोहन कुमाए साह, बारा जिल्लाकै कोल्हवी नगरपालिका- ६ का २५ वर्षीय राजन चौधरी, सोही नगरपालिकाकै वडा नम्बर ५ का १९ वर्षीय मोहन कुमार साह रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरेर आज सार्वजनिक गरेको बारा प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट नक्कली नोटसहित विभिन्न मोबाइल, एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र एउटा साइकल पनि बरामद गरेको जनाएको छ।

बारा प्रहरीले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ भने उनीहरुको बारेमा थप जानकारी भए बारा प्रहरीलाई सूचना दिन पनि आग्रह गरेको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्