ठोस फोहर व्यवस्थापन गर्ने सरसफाईकर्मीले पाए स्वास्थ्य जाँच र पिपिई

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

बाँके  नेपालगञ्जमा घरेलु ठोस फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीको निःशुल्क स्वास्थ्य जाँचसंगै व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र घरेलु ठोस ब्यवस्थापन गर्ने १७० जना सरसफाईकर्मीको निःशुल्क स्वास्थ्य जाँच र पिपिई दिइएको हो । 

Honor x7 pad

नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल विकास समाजले तीन दिने निःशुल्क स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र वडा नम्बर ४ का प्रमुख डा. शंकर केसी र भेरी अस्पताल नेपालगञ्जकी मेडिकल अधिकृत डा समिक्षा चन्दले सरसफाईकर्मीको स्वास्थ्य जाँच गरिरहेका छन् । स्वास्थ्य जाँचका क्रममा सरसफाईकर्मीहरुको एचआइभी, हेपाटाइटिस 'बी', हेपाटाइटिस 'सी', सुगर र पिसाबको प्रयोगशाला परीक्षण समेत गरिएको छ । उनीहरुलाई औषधि समेत वितरण गरिने नेपाल विकास समाजकी निर्देशक गिता शाहले बताइन् । 

सरसफाईकर्मीलाई नेपालगञ्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह र स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले जुत्ता, पञ्जा र रिफ्लेक्टर ज्याकेट वितरण गरेका थिए । विपद् समिति संयोजक सिंह, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसी, नेपाल विकास समाजकी निर्देशक शाह, बीग्रुपका समद सिद्दिकीले घरेलु फोहोर व्यवस्थापनका क्षेत्रमा काम गर्ने सरसफाईकर्मीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा अझ बढी संवेदनशीलता अपनाउनुपर्ने बताए । 

नेपाल विकास समाजकी निर्देशक शाहले ठोस फोहोर व्यवस्थापनमा काम गर्ने सरसफाईकर्मीको बारेमा सुक्ष्म अनुसन्धानसंगै स्वास्थ्य अवस्थाबारे अध्ययन गर्दै आइरहेको बताइन् । कर्णाली र सुदुरपश्चिम बाहेक पाँच प्रदेशका पाँच प्रमुख सहरहरुमा 'घरेलु फोहोरको उचित व्यवस्थापनमार्फत नेपालमा जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्य सुधार परियोजना' सञ्चालन गरेको नेपाल विकास समाजका विपन बहादुर तिवारीले जानकारी दिएक थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्