मापसेमा परेका चालकलाई सडकमा ट्राफिक स्वयंसेवक बनाउन सुरु

बुधबार, जेठ १६, २०८१
Honor 600 pro

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानका चोकमा मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परेका चालकहरुलाई ट्राफिक स्वयंसेवक बनाउन सुरु गरेको छ।

ट्राफिक प्रहरीले मापसे कारबाहीमा परेका चालकहरुलाई ट्राफिक स्वयंसेवकको ज्याकेट दिएर आजदेखि सिंहदरबार आसपासका सडकमा खटाएको हो। 

मंगलबार गणतन्त्र दिवसको अवसरमा एउटा राम्रो कार्य थालौ भन्दै मापसे गर्ने चालकलाई सडकमा ट्राफिक स्वयंसेवकका रुपमा खटाउन गृहमन्त्री रवि लामिछानेले ट्राफिक प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए।

उक्त आदेशको पालना गर्दै ट्राफिक प्रहरीले आजदेखि उक्त कार्यको सुरुवात गरेपनी त्यसको कुनै प्रभाव नपरेको देखिएको छ। ट्राफिक स्वयंसेवक बनेर उनीहरु सडकमा मात्रै उभिने र ट्राफिकसँग गफ मात्र गर्ने कार्य बाहेक खासै उपलब्धि हुन सकेन। ट्राफिक स्वयंसेवकमा खटिएका चालकहरु भन्छन्-" खाली घाममा उभिने र गफ गर्ने भन्दा अरु केही भएन।"

ट्राफिक स्वयंसेवक बनेका केही चालकले भने- खै यो कहाँको नियम हो? जरिवाना पनि तिर्ने, बग्गीखानमा क्लास पनि लिने अनि हुँदाहुँदै चर्को घाममा ट्राफिक स्वयंसेवक पनि बन्नुपर्ने? जरिवाना एउटा हुन्छ? एउटै कुरामा तीन तीन वटा जरिवाना? "

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्