गणतन्त्र दिवसमा नेपालगञ्जमा रक्तदान

मंगलबार, जेठ १५, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्जमा आज रक्तदान कार्यक्रम गरिएको छ । गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा दिउँसोसम्म ३५ जनाले रगत दान गरेका छन् ।

रक्तदान कार्यक्रमको शुभारम्भ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गरेका थिए ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा। पवनजंग रायमाझी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायतको उपस्थिति थियो

रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले बताए । रक्तदान कार्यक्रम जारी छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्