११ वर्षीया नाबालिकालाई भगाएर बिहे गर्ने ३० वर्षीय युवक पक्राउ

मंगलबार, जेठ १५, २०८१
honor mob  winter sales

अर्घाखाँची । अर्घाखाँचीमा नाबालिकासँग बिवाह गर्ने ३० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका -४, पटौटीका ३० बर्षे अम्मरबहादुर राना मगरलाई ११ वर्षीया नाबालिकालाई भगाएर बिहे गरेको आरोपमा प्रहरीले पक्राउ गरेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

अम्मरले गत वैशाख ३१ गते गाउँकै स्थानीय सरकारी स्कुलको कक्षा ७ मा अध्यन गर्ने ११ बर्षीया एक नाबालिकालाई ललाइ फकाई भगाएर घरमा लगी बिहे गरेका थिए।

बिहेपछि स्कुल जान छोडेपछि सोधखोज गर्दा बिहे गरेको जानकारी हुँदा उनलाई ललाइ फकाई बिहे गर्ने अम्मरलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ती नाबालिकाको उद्धार गरि आफन्तको जिम्मा लगाएको छ भने आरोपित रानालाई प्रहरीले जेठ १३ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले ५ दिनको अनुमति लिएर अम्मरलाई हिरासतमा राखेर थप अनुसन्धान गरिएरहेको जनाएको छ।

ती नाबालिकाका बाबुको पहिला नै मृत्यु भइसकेको र हाल कान्छी आमासँग बस्दै आएकी थिइन।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्