गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

सोमबार, जेठ १४, २०८१
Honor 600 pro

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको इजलासले  अधिकारीलाई पदमुक्त गरेको फैसला सुनाउदै सर्वोच्चले गण्डकी प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

गण्डकी प्रदेश सभामा ६० सदस्यीय रहेकोमा गण्डकीका सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

सभामुखको उक्त कदमविरुद्ध सर्वोच्च गएको कांग्रेस विश्वासको मत पाउन ३१ जना सदस्यले समर्थन गर्नुपर्ने भन्दै रिट दायर गरेको थियो।

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्