स्थानीय तहको आ.व. ०७९-८० मा बेरुजु ३० अर्ब ८३ करोड रुपैयाँ

सोमबार, जेठ १४, २०८१
प्रहरीको अनुरोध

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले देशभरमा स्थानीय तहको बेरुजु पौने ३१ अर्ब भन्दा बढी  देखिएको जनाएको छ। 

Laxmi saraswati

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७९-८० मा स्थानीय तहको बेरुजु ३० अर्ब ८३ करोड रहेको देखिएको हो।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनमा ७ सय ४६ स्थानीय तहको ११ खर्ब  ३७ अर्ब ४ करोड १९ लाखको लेखापरीक्षण गरिएको हो

स्थानीय तहहरुबाट ३५ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदन उपलब्ध गराइएपछि ४ अर्ब ८३ करोड ९ लाख फर्छ्यौट गरिएको छ।

स्थानीय तहले असुलउपर गर्नुपर्ने ४ अर्ब ९ करोड ९८ लाख, त्यस्तै नियमित गर्ने २३ अर्ब ९२ करोड ८८लाख र म्याद सकिसकेको पेस्की २ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ बाँकि छ। 

महालेखाले २०७७-०७८-०७९ मा दुई स्थानीय तहको २ अर्ब १४ करोड ९५ लाखको अडिटबाट १७ करोड ९८ लाख बेरुजु निकालेको प्रतिवेदनमा उल्लेख गरेको हो।

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्