गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सोमबार, जेठ १४, २०८१
Honor 600 pro

काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै रिट दर्ता भएको छ।

आज अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता दिनमणी पोखरेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

सहकारी ठगी प्रकरण र दोहोरो पासपोर्टमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेमाथि कुनै मुद्दा अदालतमा अभियोजन नभएको र मुद्दा नचल्ने सम्बन्धमा गरिव्को निर्णयको पत्रको समेत रिटमा खारेजीको माग गरिएको छ।

गृहमन्त्री रहेकै बेला अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न सक्ने भन्दै लामिछानेलाई निलम्बन गर्न माग गर्दै अधिवक्ता भट्टराईले दर्ता गरेको रिट पेसी जेठ १६ गते तोकिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्