प्रधानमन्त्रीसहित बसेको सत्ता पक्ष र कांग्रेसको बैठक विना निश्कर्ष टुंगियो

सोमबार, जेठ १४, २०८१
honor mob  winter sales

काठमाडौं । आज बिहान प्रधानमन्त्रीसहित  सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारी  बचतकर्ताको रकम ठगी, अपचलन र हिनामिना बारेमा छानबिन गर्न संसदीय समिति गठनको कार्यदेश  र सहमति जुटाउन बसेको बैठक विना निष्कर्श टुंगिएको छ।

Honor x7 pad

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यादेशको विषय टुंगो लाग्न नसकेको कांग्रेस महामन्त्री गगन थापाले बताए। महामन्त्री थपाले भने-" अहिलेको बैठकमा छलफल भएपनि टुंगो नलाग्न सकेको र प्रधानमन्त्री पनि साँझसम्म गतिरोध अन्त्य गर्न लागिरहनु भएको छ।" 

बैठकमा कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यदेशमा रहेका विमतिलाई सहमतिमा लैजाने प्रयास भएपनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसके पनि कार्यदेशम भने अझै कुरा नमिलेको हो।

तर कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि नै संलग्न रहेको भन्दै उनकै नाम किटान समिति बनाउन अडान राखेको छ।

यता सत्तापक्षले समिति बन्नु अघिनै व्यक्तिलाई दोषी किटाज हुनेगरी नाम समाबेश नगर्ने अडानमा छ। तर कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडिया नेटवर्कका पदाधिकारीहरु लेखेर संसदीय समितिको क्षेत्राधिकार तय गर्नुपर्ने विकल्प पनि अघि सारेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगन थापा र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी भएका थिए।त्यस्तै नेपाली कांग्रेसबाट सांसद ज्ञानेन्द्र बहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार पनि थिए ।

नेकपा एमालेबाट कानुन मन्त्री पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए भने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सभापति एवं गृहमन्त्री  रवि लामिछाने , उपसभापति स्वर्णीम वाग्लेका साथै प्रमुख सचेतक सन्तोष परियार बैठकमा उपस्थित रहेका थिए। 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्