शीर्ष नेताहरूहरुसहित बालुवाटारमा कार्यदलको बैठक

सोमबार, जेठ १४, २०८१
Honor 600 pro

काठमाडौं । सहकारी बचतकर्ताको रकम ठगी, अपचलन र हिनामिना बारेमा छानबिन गर्न संसदीय समिति गठनको कार्यदेश  र सहमति जुटाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगन थापा र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी भएका छन् ।

नेकपा एमालेबाट कानुन मन्त्री पदम गिरी, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सभापति एवं गृहमन्त्री  रवि लामिछाने , उपसभापति स्वर्णीम वाग्लेका साथै प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

आज बसिरहेको शीर्ष नेताहरूसहितको  बैठकमा कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यदेशमा रहेका विमतिलाई सहमतिमा लैजाने बताइएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्षीका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसके पनि कार्यदेशम भने अझै कुरा नमिलेको हो।

तर कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि नै संलग्न रहेको भन्दै उनकै नाम किटान समिति बनाउन अडान राख्दै आएको छ।

यता सत्तापक्षले समिति बन्नु अघिनै व्यक्तिलाई दोषी किटाज हुनेगरी नाम समाबेश नगर्ने अडानमा छ। तर कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडिया नेटवर्कका पदाधिकारीहरु लेखेर संसदीय समितिको क्षेत्राधिकार तय गर्नुपर्ने विकल्प पनि अघि सारेको छ।

त्यस्तै आजको बैठकमा नेपाली कांग्रेसबाट सांसद ज्ञानेन्द्र बहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार पनि सहभागी छन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्