बाँकेबाट बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ, लाखौं रुपैयाँको अवैध सामग्री बरामद

सोमबार, जेठ १४, २०८१
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरीले बाँकेले बैंकिङ कसुरमा एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

Honor x7 pad

बाँके प्रहरीले जिल्ला अदालत बाँकेबाट बैकिङ कसुर मुद्दामा दोषी ठहर गरिएका राप्तीसोनारी-५ का ३६ वर्षीय अशोक कुमार थारुलाई फरार रहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ।

थारुलाई जिल्ला अदालत बाँकेले २०७६ चैत ४ गते, २०७८ भदौ २४ र २०८० कार्तिक २१ गतेको फैसलाबाट १ वर्ष १५ दिन कैद र १२ लाख रुपैयाँ ७५ हजार रुपैयाँ जरिवाना सुनाएयता फरार रहदै आएका उनलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको हो।

त्यसैगरी जिल्ला प्रहरी बाँकेले भारतबाट भन्सार छली गरि नेपालगन्ज भित्र्याइएको अवैध सामग्री बरामद गरेको छ।

प्रहरीको टोलीले नेपालगन्ज-१ र २ मा चेकजाँच का क्रममा अवैध रुपमा ल्याइएको लत्ताकपडा , खाद्यान्न लगायत इलेक्ट्रोनिक्स सामग्री बरामद गरेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा लेडिज कुर्ता सुरबाल, भितामा लगाउने पेन्ट, पिय पदार्थ,काँचो कपडा,मिक्सर लगायतको मूल्य  १ लाख ९४ हजार २ सय रुपैयाँ रहेको च।

बरामद गरिएका सबै अवैध सामग्री आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्