धनुषाको दशगजा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

आइतबार, साउन ७, २०८०
honor mob  winter sales

धनुषा । धनुषाको दशगजा क्षेत्र पारी एक जना महिलाको गोली हानी हत्या भएको छ। 

Honor x7 pad

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८  बजे २ राउन्ड गोली हानी हत्या गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ।

स्थानीय  प्रत्यक्षदर्शीहरुले प्रहरीलाई जनाएअनुसार आक्रमणकारी गोली हानेर भारततर्फ नै भागेको बताइएको छ। मृतक महिलाको पहिचान अझै नखुलेकोले ती महिला नेपाली वा भारतीय हुन् भन्ने बारेमा एकिन हुन नसकेको प्रहरीले जनाएको छ।

हत्या दशगजा पारी भएकाले भारतीय प्रहरीले शवलाई नेपाल प्रहरीको सहकार्यमा पोस्टमार्टमका लागि भारत नै लगेको धनुषा प्रहरीले जनाएको छ। 

घटना दशगजा पारी भएपनि अनुसन्धानका लागि भारतीय प्रहरीले नेपाल प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको छ  ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्