गृहमन्त्रीले आफूविरुद्दको दोषलाई ढाकछोप गर्न कांग्रेसलाई लान्छना नलगाउन तरुण दलको चेतावनी

शनिबार, जेठ १२, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल तरुण दलले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समितिमात्र नभइ अब राजीनामा दिनुपर्ने बताएको छ।

Honor x7 pad

तरुण दल धुलिखेल नगरपालिका कार्यसमिति विस्तार एवं जलपान कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहमन्त्रीमाथि छानबिन त छँदैछ अब राजीनामा नै दिनुपर्ने बताएका हुन् ।  गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन दबाब दिन तरुण दलले चर्को आन्दोलन गर्ने पनि उनले बताए । उनले नेपाली जनतालाई भ्रमित पार्न र आफूविरुद्द भएको मुद्दालाई ढाकछोप गर्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न लान्छना नलगाउन गृहमन्त्रीलाई चेतावनी दिँदै यदि दोषी देखिने प्रमाण भए कारबाही प्रक्रिया अघि बढाउन कुनै रोक नभएको बताए  । 

देशका विभिन्न सहकारीमा नेकपा एमालेका नेताहरु रहेको र गिरीबन्धु टि–स्टेट प्रकरणमा आफू मुछिने डरले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच अस्वभाविक सम्झौता भएको पनि अध्यक्ष गुरुङले आरोप लगाए । 

एमालेका नेताहरुबाट महिला दिदीबहिनीहरु असुरक्षित रहेको कुरा अध्यक्ष गुरुङले बताउँदै एमाले नेताहरुबाट शोषित हुने महिलाहरुको उजुरी प्रहरीहरुले पनि नलिनु विडम्बना भएको बताए । 

बिहान बेलुकाको छाक टार्दै सहकारीमा जम्मा गरेको पैसाले जीवनयापन गरिरहेका साना–साना व्यापारी, मजदुर, दैनिक ज्यालादारी व्यक्तिहरुलाई  आज गृहमन्त्री रवि लामिछानेले बिल्लिबाठ बनाएको अध्यक्ष गुरुङले बताए । उक्त कार्यक्रमबाट छिरिङ लामाको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति विस्तार भएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्