कैलाश सिरोहियाको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना

शनिबार, जेठ १२, २०८१
Honor 600 pro

जनकपुर। धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई अस्पताल भर्ना गरिएको छ।  

धनुषा प्रहरीले स्वास्थ्यमा समस्या देखिएपछि  सिरोहियालाई गए राति १० बजे प्रादेशिक अस्पताल जनकपुर लगेको थियो। प्रादेशिक अस्पताल चेक जाँच का क्रममा उनको मुटुमा समस्य देखिएपछि गए राति नै जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो।

सिरोहियालाई नागरिकता असुरमा प्रहरीले गत मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरेको थियो।

त्यस्को भोलिपल्टै जिल्ला अदालतले सिरोहियालाई अनुसन्धान गर्न भन्दै ३ दिन र शुक्रबार पनि अदालत अनुसन्धान गर्नका लागि  थप ३ दिनको म्याद थप गरेको हो।

 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्