नेपालगन्जको एक मोबाइल सेन्टरमा शंकास्पद रुपमा राखिएका ७७ थान स्मार्ट फोन बरामद

शुक्रबार, जेठ ११, २०८१
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले शंकास्पद रुपमा मोबाइल सेन्टरमा राखिएका ७७ थान स्मार्ट मोबाइल फोन बरामद गरेको छ।

बाँके प्रहरीले नेपालगन्ज-२ स्थित केसी मोबाइल सेन्टरमा  मर्मतका लागि ल्याएर शंकास्पद रुपमा राखिएका ७७ थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेले जेठ ४ गते बरामद गरेका ७७ थान मोबाइलहरु एमडिएस प्रणालीमा दर्ता नभएको पाइएको जनाएको छ।  प्रहरीले बरामद गरेका सबै मोबाइलहरु भारतबाट अवैध रुपमा नेपालगन्ज ल्याइएको  र उतैबाट चोरी गरिएका मोबाइल उक्त मोबाइल सेन्टरमा ल्याइएको बताएको छ।

प्रहरीले भारतबाट उक्त मोबाइल सेन्टरमा मोबाइल ल्याउने व्यक्तिहरुको खोजी कार्य गरिरहेको जनाएको छ।  यस प्रकरणमा बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्