लक्ष्मी सरस्वती पोलिक्लिनिकले नेपालगन्जमा पत्रकारका लागि निशुल्क स्वास्थ्य शिविर गर्दै

बिहीबार, जेठ १०, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले  पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको छ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन बाँकेको आयोजना र  लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको प्राविधिक सहयोगमा जेठ १३ गते निशुल्क स्वास्थ्य शिविर हुन लागेको प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकालले जानकारी दिएका छन् ।

पत्रकारका लागि जेठ १३ गते बिहान ७ बजेदेखि सुरु हुने स्वास्थ्य शिविरमा  नेपालगन्जको गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले सुपरस्पेसियालिटि सेवाबाट शिविरमा चेकजाँच गर्न लागेको ढकालले बताए।

अध्यक्ष ढकालका अनुसार उक्त दिन प्रेस युनियनका पत्रकारलाई मात्रै नभई सबै संगठनका पत्रकारहरुले निशुल्क स्वास्थय शिविरमा गएर चेजजाँच गराउन सक्नेछन् । विगतमा पनि लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले यस्ता खालका कार्य गर्दै आइरहेको छ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्