नेपालका प्रतिद्वन्द्वी भन्छन्- नेपाललाई कमजोर आकलन गरेका छैनौं

बिहीबार, जेठ १०, २०८१
प्रहरीको अनुरोध

काठमाडौं । आगामी टी-२० विश्वकप क्रिकेट आउँन केही मात्र छ। अमेरिका र वेष्ट इन्डिजमा सुरु हुन लागेको विश्वकपमा २० राष्ट्रहरु सहभागी हुँदैछन् । जसमा नेपाल पनि विश्वकप खेल्दैछ।  विश्वकप खेल्न अमेरिका पुगिसकेको नेपाली टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले गर्न सक्ने जति गरेर टोलीलाई पठाएको  क्यानका सचिव पारस खड्काले बताएका छन् । 

Laxmi saraswati

विश्वकपको तयारीबारे पूर्व कप्तानसमेत रहेका बर्तमान सचिव पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरे । 

उनले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरक फरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबै थोक दिएको उनको विश्वास छ । 

पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताए । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उनले बताए । नेपालको साधन श्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क पनि छ । 

अधिकांश टोलीले अमेरिका र वेस्ट इन्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ । 

सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गरे । पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उनको धारणा छ । उनलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गरे । 

हाल नेपाली टोली वेस्ट इन्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।

नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् छन् । यी राष्ट्र नेपालभन्दा निकै माथिल्लो स्थानमा रहेका छन् । यी टोलीहरु मध्ये नेपालले नेदरल्यान्डसलाई खासै ठुलो प्रतिद्वन्द्वी नठाने पनि विश्वकपमा कमोजोर आकलन गर्न नहुने देखिएको छ।अन्य ३ राष्ट्रसँग नेपालले निकै कडा मेहनत गरेर आबश्यक छ। तर अहिले लयमा रहेको नेपालले खेल नै परिवर्तन गरेर क्रिकेटकै महाशक्ति राष्ट्रविरुद्ध धावा बोल्न बेर छैन ।  नेपालको कडा मेहनत र लयमा रहदा नेपालको समूहमा रहेका अन्य राष्ट्रले पनि नेपाललाई कमजोर आकलन पक्कै नगरेको बताएका छन् ।

नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्डससँग अमेरिकामा जुन ४ मा, अमेरिकामै श्रीलंका विरुद्ध जुन १२ मा र वेष्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिका र जुन १७ का बंगलादेशसँग खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्