सुर्खेतको वीरेन्द्रनगरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिहीबार, जेठ १०, २०८१
Honor 600 pro

सुर्खेत  सुर्खेतमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिकाको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ  जाँदै गरेको कारले ठक्कर दिदा वीरेन्द्रनगर-१२ का ७२ वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

ठक्करबाट गम्भीर भएका शाहीको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा गएरातिनै मृत्यु भएको हो भने बुधबार बेलुका ठक्कर दिने कारको नम्बर नखुलेको हुँदा खोजीकार्य जारी रहेको सुर्खेत प्रहरीले  जनाएको छ। 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्