कांग्रेसले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै

बुधबार, जेठ ९, २०८१
Honor 600 pro

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै  दबाब दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  सडकमा जाने निर्णय गरेको छ ।

सानेपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ।

सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउँदै पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको पनि जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्