पूर्णबहादुर खड्काले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

शनिबार, साउन ६, २०८०
honor mob  winter sales

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री बनेका छन् ।

Honor x7 pad

सोमबारदेखि आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आज साँझ इटली प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य गर्नका लागि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्  ।

प्रधानमन्त्री प्रचण्ड चार दिनपछि स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

 

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्