कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा लगियो

बुधबार, जेठ ९, २०८१
Honor 600 pro

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा अदालतमा पेश गरेको छ।

मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई दोहोरो नागरिकता लिएको भन्दै धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

अनुसन्धानको लागि म्याद थप गर्न प्रहरीले सिरोहियालाई अदालत उपस्थित गराएको हो। उनलाई मंगलबार राति नै जनकपुर लगिएको थियो।

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्