कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक बस्दै

बुधबार, जेठ ९, २०८१
Honor 600 pro

काठमाडौं । समसामयिक राजनितिक विषयमा आज  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले बताएका छन्।  

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आइरहेको छ।

आजको बैठकमा कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्