के हो बालबालिकामा हुने बाथ ज्वरो ?

शनिबार, असार २३, २०८०
honor mob  winter sales

काठमाडौं । घाँटी वा छालामा संक्रमण भएको दुईदेखि तीन हप्ताभित्र ज्वरो आउने, घाँटी दुख्ने, जोर्नीहरु सुन्निने, हातखुट्टाका जोर्नीहरु दुख्ने (जस्तै कम्मर, नाडी, कुहिना, घुँडाजस्ता ठूला जोर्नी दुख्ने), दुखाइ एक ठाउँबाट अर्को ठाउँमा सर्ने, अनियन्त्रित शारीरिक हलचल (हातखुट्टाका मांसपेशी बाउँडिने, हल्लिने, चल्नेजस्तो हुने), शरीरमा रातो दाग आउने, शरीरमा सानो फोका, छालामुनि गिर्खा देखा पर्दछ ।

Honor x7 pad

यस्तै मुटुको चाल गडबडी भएमा, मुटुको धडकनमा अनावश्यक आवाज सुन्निएमा, मुटुको केही समस्या नभए पनि जीउ सुन्निने वा स्वाँस्वाँ हुने भएमा बाथ ज्वरोको लक्षण हुन सक्छ ।

उपचार

बाथज्वरो भएको हो कि होइन भनेर थाहा पाउन रगत परीक्षण गर्न सकिन्छ । यदि बाथ ज्वरो भइसकेको छ भने उपचारमा यही नै भनेर औषधि भनेर तोकिएको छैन । तर यस रोगमा दुखाइ कम गर्ने औषधिको प्रयोग गरिन्छ । बिरामीको अवस्था हेरेर विभिन्न एन्टिबायोटिक चलाउने गरिन्छ । यदि मुटुको भल्बमा नै नोक्सान पुर्‍याइसकेको खण्डमा शल्यक्रियासमेत गर्ने गरिन्छ । यो रोग निको भइसकेपछि पनि फेरि फर्किने सम्भावना हुन्छ । त्यसैले लामो समयसम्म एन्टिबायोटिक औषधि खाइराख्नुपर्ने हुन्छ ।

जोखिम

बाथ ज्वरोको समयमा उपचार नभएमा यसले मुटुको भल्बमा हानि पुर्‍याउन सक्छ । यसको समयमै पहिचान गरेर उपचार गरिएन भने भविष्यमा मुटुरोग तथा हार्ट फेल हुने जोखिम हुन सक्छ । जसलाई मेडिकल भाषामा ‘रिम्याटिक हार्ट डिजिज’ भनिन्छ ।

रोकथाम

बाथ ज्वरोबाट बालबालिकालाई बचाउन पोषणयुक्त खाना खुवाउने, घाँटी दुख्ने, हल्का ज्वरो आउने, जोर्नी दुख्नेजस्ता समस्या देखिएमा बेलैमा उपचार गर्नुपर्छ । सामान्य रोग भनेर हेल्चेक्राइँ गर्नुहुँदैन ।

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्