एमाले बाँकेमा सफिक बेहनाको छलाङ्ग, अधिवेशनमा ७३ मतले पछारे प्रतिद्वन्द्वीलाई

सोमबार, जेठ ७, २०८१
Honor 600 pro

बाँके । नेकपा एमालेको बाँकेको ९ औं जिल्ला अधिवेशनबाट युवा नेता मो.सफिक बेहनाले छ्लाङ्ग मार्दै मुस्लिम भुगोल सदस्यमा निर्वाचित भएका छन् ।

नेपालगन्ज-४ का निवर्तमान अध्यक्षसमेत रहेका नेता बेहनाले पहिलो पटकमै बाजी मारेका हुन् । सबैका प्रिय रहेका बेहनाको मिलनसार र लोकप्रियताले मतदाताले रुचाउँदै मुस्लिम भुगोल सदस्यमा निर्वाचित गराएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेकपा एमाले प्रवेश गरेको केही महिनामै एमालेमा राम्रो पकड बनाउदै बेहनाले अधिवेशनमा कायापलट गरेका हुन् । उनले प्रतिद्वन्दी मोहम्मद उमर हलवाइलाई ७३ मतानन्तरले हराएका हुन्। बेहनाले २२९ मत पाँउदा हलवाईले १५६ मत ल्याए।

निर्वाचित बनेका बेहनाले मत दिएर विजयी बनाउने सबैमा आभार प्रकट गर्दै पाएको जिम्मेवारी इमानदारीसाथ निर्वाह गर्ने बताएका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्