प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- तपाईंहरुले चर्को मूल्य चुकाउनु पर्नेछ

सोमबार, जेठ ७, २०८१
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ठुलो मुल्य चुकाउनु पर्ने बताएका छन्।

Honor x7 pad

कांग्रेसले आज प्रतिनिधि सभा बैठकमा गरेको कार्य अत्यन्त गलत भएको भन्दै आफूले यसको निन्दा गर्दै कांग्रेसले अब ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।

संसद बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सभामुखले विश्वासको मतको प्रस्ताव पेस गर्न समय दिएपछि कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरेपछि प्रधानमन्त्री मर्यादा पालकको घेराबन्दीको सहायतामा रोस्ट्रममा पुगेका थिए। प्रधानमन्त्रीले प्रस्ताव पेस गरेपछि  नेकपा एमालेका विश्नु पौडेलले प्रस्तावको पक्षमा समर्थन गरेका थिए।

प्रधानमन्त्रीले कांग्रेसलाई यस्तो दिव चेतावनी -

नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक–पटक साथ दियो । र, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु । र, तपाईंहरु नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ । आजको यो तपाईंहरुको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलङ्कको रूपमा स्थापित हुनेछ । र, मेरो विश्वासको पक्षमा समर्थन गर्ने नेकपा एमालेका माननीय विष्णु पौडेल लगायत सबै माननीय र संसदीय दललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्