ट्राफिक प्रहरी जवानको हत्यामा संलग्नलाई पक्राउ गर्न हवाई फायर, हत्या गर्नेमा युवतीदेखि नाबालकसम्म

आइतबार, जेठ ६, २०८१
honor २२ sept

काठमाडौं । काठमाडौंको मनमैजुको निर्माणाधीन घरमा ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गर्न हवाई फायर गरेको छ।

X7D

जवान घिमिरेको हत्या  संलग्न भएकाहरुलाई प्रहरीले काठमाडौंको अष्टनारायण हल पछाडि र २२ घारा जंगलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिएका  छन्।

आज दिउँसो टेकुमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न रहेका नाबालकसहित ७ जनालाई पक्राउ गरेको एसएसपी रजौरेले बताए।

परिसरका अनुसार जवान हत्या आरोपमा पक्राउ पर्नेमा नुवाकोट घर भएकी १८ वर्षीया अन्जली श्रेष्ठ , स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार ,५६ वर्षीय महिला नुनमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा तामाङ , सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक हुन् । उनीहरु सबै  लागूऔषध सेवनकर्ता हुन्।

खोटाङ मजुवागढी गाउँपालिका-१ घर भएर दरबारमार्ग प्रहरी प्रभागमा कार्यरत रहेर हाल कोठा लिएर सामाखुसी बस्दै आएका जवान घिमिरेको शुक्रवार साँझ तार्केश्वर नगरपालिका-९ मनमैजुमा निर्माणाधीन दुई तले घरको भुइँ तलामा  मृत फेला परेका थिए।

परिसरले  उक्त निर्माणाधीन घर लागूऔषध प्रयोगकर्ताको अखडा रहेको र मृतक जवान बेलाबेलामा त्यहा जाने गरेको हुँदा विवादका क्रममा हत्या जनाएको छ।

स्थानीयहरुले पनि  बन्दै गरेको उक्त घरको भुइँ तलामा अवाञ्छित गतिविधि हुँदै आइरहेको बताएका छन् । उनीहरुका अनुसार त्यहा धेरैजसो युवायुवती आएर अवाञ्छित गतिविधि गर्दै अएका थिए। 

उक्त स्थानमा हुने अवाञ्छित गतिविधिका बारेमा स्थानीयहरुले पहिला पनि प्रहरीलाई खबर गर्ने गरेको र प्रहरी आउँदा त्यहा आउने युवायुवती पहिलानै कुलेलम ठोक्ने गरेको स्थानीयहरु बताउँछन् । तर पछि प्रहरीले कुनै चासो नदिने गरेको स्थानीयहरु बताउँछन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्