सिनियर टोलीलाई पाखा लगाउँदै प्रहरीका चार एसएसपी डीआइजी बढुवाका लागि सिफारिस

शनिबार, जेठ ५, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका ४ जना वरिष्ठ प्रहरी उपरीक्षक( एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुकाका लागि सिफारिस भएका छन,।

Honor x7 pad

सरकारले १ नम्बरका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी कृष्णहरी पोखरेल, प्रहरी प्रवक्ता दानबहादुर कार्की, डा.मनोजकुमार केसी र एसएसपी राजन अधिकारीलाई डीआईजी बढुकाका लागि सिफारिस गरेको हो।

डीआईजी बढुवा सिफारिस भएका पोखरेल काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाका ब्याजी हुन् भने अन्य तीन जना पछिल्लो ब्याचका प्रहरी अधिकृतहरु हुन् ।

भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा हुँदा खाली रहेको र डीआईजी बिकास खनालको अवकाशका कारण खाली रहेको तीन रिक्त पद र डीआईजी सुरेन्द्र मैनाली यही जेठ १० गते अवकाश जाने हुँदा रिक्त हुने पदका लागि ४ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।

अहिले हुने डीआईजी बढुवाका लागि २०५१,०५२,०५३ र ०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका ४ ब्याचका ३ दर्जनबढी एसएसपीहरु प्रतिस्पर्धामा रहे पनि २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएकापोखरेल र २०५४ मा भर्ना भव्का कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सरकारले  सिफारिस गरेको हो।

आफ्ना निकट प्रहरी अधिकृतलाई बढुवा गर्ने सुरमा सरकारले २०५१ र २०५३ का प्रहरी अधिकृतहरुलाई बढुवा हुनबाट आउट गरेको छ। २०५१ बाट बढुवा हुनबाट छुटेका प्रहरी अधिकृतहरु भावी प्रहरी प्रमुख बन्नबाट चुकेका छन् ।

सिमियर टोली हुँदाहुँदै गृहमन्त्री रवि लामिछानेले निर्देशनले २०५२ र २०५४ का प्रहरी अधिकृतहरुलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको हो।

त्यस्तै २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धानमा भर्ना हुँदै नेपाल प्रहरीमा आएका प्रहरी अधिकृतहरु समेत छुटेका छन् ।

 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्