बाँकेको डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

शनिबार, जेठ ५, २०८१
honor mob  winter sales

बाँके । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधिले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका थिए। 

Honor x7 pad

उनीहरुले डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिएकाले मातृ मृत्युदर घटाउनका लागि रणनीति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउनुपर्ने बताएका थिए । समुदायस्तरमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरी महिलाहरुलाई सचेत बनाउनुपर्ने डुडुवा ५ नम्बरका वडा अध्यक्ष झंकबहादुर थापाले बताए । 

निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमै बाँके जिल्लामा संस्थागत प्रसुति दर उच्च रहे पनि मातृ मृत्युदर बढेको पाइएको छ । संस्थागत प्रसुति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् भने डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वलीले बताए । उनका अनुसार डुडुवामा आर्थिक वर्ष २०८०-०८१ म दुई जना आमाको ज्यान गएको छ । 

बाँकेमा मातृ मृत्यु हुनुमा समुदायस्तरमा जनचेतनाको कमी, स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा नपर्नु, धेरै पटक गर्भवती हुनु, सन्तुलित आहारको कमी, प्रसुती केन्द्रमा ल्याब सेवा तथा आरयुएसजीको प्रावधान नहुनु, घरमै बच्चा जन्माउनु लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताए । 

कार्यक्रममा डुडुवा वडा नम्बर ३ का अध्यक्ष आमोद तिवारी, ५ का अध्यक्ष थापा, ६ का अध्यक्ष मोहनराम मिश्र, कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानी, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका निर्देशक रेशमबहादुर राना लगायतले बोलेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०१:०४
प्रतिक्रिया दिनुहोस्