गृहमन्त्रीमाथि छानबिनको माग गर्दै संसद भवन अगाडि नेविसंघको प्रदर्शन,११ जना पक्राउ

शुक्रबार, जेठ ४, २०८१
Honor 600 pro

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ ) ले प्रदर्शन गरेको छ।

आज दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नेविसंघले "सहकारी ठगलाई कारबाही गर, जीबी राई खै?" भन्दै प्रदर्शन गरेको हो। प्रदर्शन गर्दै नेविसंघले सहकारी पीडितहरुलाई न्याय दिन माग गरेको छ।

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका ११ जना नेता- कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्