निर्वाचन आयोगलाई अशोक राईको दल दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

बुधबार, जेठ २, २०८१
Honor 600 pro

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन गरेर अशोक राईले दर्ता गरेको अर्को दल अवैधानिक भएको भन्दै यादवले दिएको रिटमा सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेशका लागि जेठ ८ गते दुबै पक्षलाई बोलाउने आदेश दिएको छ।

त्यस्तै शर्माको एकल इजलासले हालका लागि निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्