केपी ओली सहकारी ठगको प्रवक्ता भन्दै प्रदर्शन

बुधबार, जेठ २, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा प्रदर्शन गरेको छ। नेविसंघले आज बिहान सहकारी ठगी प्रकरण र गिरीबन्धु टी-स्टेटको नितिगत भ्रष्टाचारमा संलग्न भएकालाई कारबाहीको माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो।

नेविसंघले प्रदर्शन गर्दै सहकारी ठगी प्रकरणमा सरकारकै गृहमन्त्री जोडिएको घटनामा संसदीय छानबिन समिति गठन नगर्नुमा सरकार यस प्रकरणमा गम्भीर नरहेको भन्दै नारावाजी गरेका थिए।

साथै आन्दोलनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुले रवि लामिछानेलाई बचाउन लागिरहेका केपी ओलीविरुद्ध नारावाजी गरेका छन् ।

नेविसंघले 'गुड मर्निङ केपी बा, चिया खानु भो?, केपी ओली सहकारी ठगको प्रवक्ता , गृहमन्त्रीज्यु सहकारी ठगीको प्रमाण यहाँ छ, लाखौंले दुख गरेर बचत गरेको पैसा झ्वामै पार्ने? पाप त लाग्छ रवि दाई। गिरीबन्धु टी-स्टेटका ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरि हान्नु है' लगायतका ब्यानरसहित प्रदर्शन गरेको हो।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्