संसद अवरोधका बारेमा प्रधानमन्त्रीसँग सभामुखले गरे छलफल

बुधबार, जेठ २, २०८१
honor mob  winter sales

काठमाडौं । सभामुख देवराज घिमिरे र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । संसदको अवरोध खुलाउने विषयमा सहमति जुटाउन सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डलाई भेट्न् आज बिहान बालुवाटार पुगेका हुन् ।

Honor x7 pad

आज प्रधानमन्त्री र सभामुखले नेपाली कांग्रेसले गरेको संसद अवरोध लगायतका विषयमा छलफल गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

मंगलबार संसद बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्दा अब कसरी जाने भन्ने विषयमा छलफल गरिएको बताइएको छ। 

मंगलबार कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय समिति गठन गर्नबाट सरकारले वेवास्था गरेको भन्दै संसद अवरुद्ध हुँदा विभिन्न समितिबाट पास भएर आएका विधेयकहरु पेस हुन नसकेको विषयमा पनि प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेका हुन् ।

मंगलबार संसद बैठक स्थगित हुँदा सभामुखले अर्को बैठक भोलि बिहान ११ बजे बोलाएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्