भारतीय लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

मंगलबार, जेठ १, २०८१
honor mob  winter sales

मोरङ । प्रहरीले भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार गरेको छ।

Honor x7 pad

मोरङमा लागूऔषध ब्युरो र मोरङ प्रहरीको टोलीमाथि आक्रमण गर्न खोज्दा दुई राउन्ड गोली चलाएर एक जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरी चलाएको गोलीले भारतको बिहार राज्यको किसनगन्जका भारतीय भागिरथ हरिजन घाइते भएको मोरङ प्रहरीले जानकारी दिएको छ। कारोबारीको आक्रमणमा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । 

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका हरिजनको साथबाट ठुलो परिमाणमा लागूऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्